Rule 27
निर्देशन दिनसक्ने

मन्त्रालयले बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ र यसरी दिइएका निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।

२७क. चलचित्र जाँच दस्तुर तथा पारिश्रमिक छुट दिन सक्ने :-

मन्त्रालयले कुनै विदेशी नियोगद्वारा वा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन गरिने चलचित्रको सम्बन्धमा लाग्ने चलचित्र जाँच दस्तुर वा पारिश्रमिक छुट दिन सक्नेछ र त्यसरी छुट दिएकोमा चलचित्र जाँच समितिका अध्यक्ष र सदस्यले पारिश्रमिक पाउने छैनन् ।